‘प्रदेश सरकारले अब टुक्रे योजना बनाउँदैन’

बाँके - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब प्रदेश सरकारले टुक्रे योजना नबनाउने बताएका छन् । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नेपालगञ्जमा आज आयोजित चौथो पूर्ण बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजनाबारे जानकारी गराउँदै प्रदेश सरकारले अब ठूला र मझौला खालका योजनाहरूमा बजेट केन्द्रित गर्ने बताए ।
‘प्रदेश सरकारले अब टुक्रे योजना बनाउँदैन, योजनाहरू छरेर होइन, परिणाममुखी बनाएर जाने सरकारले रणनीति बनाएको छ’, मुख्यमन्त्री आचार्यले भने, ‘व्यक्तिपिच्छे आउने टुक्रे योजना नभई मझौला र ठूला योजना कार्यान्वयनमा सरकारले ध्यान दिनेछ ।’ आगामी वर्षको बजेट तथा कार्यक्रम बनाउँदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने उनको भनाइ छ । योजना छनौटमा देखिएको विकृति रोक्नकै लागि रू पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले हरेक खाले विकृतिहरू रोक्न सरकार निर्मम भएर अगाडि बढिरहेको दाबी गरे ।
मुख्यमन्त्री आचार्यले ७० प्रतिशतभन्दा बढी योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा गइसकेको र बाँकी योजना पनि कार्यान्वयनको चरणमा रहेको जानकारी गराए । उनले आफू सरकारको नेतृत्वमा पुगेपछि प्रदेश सरकारले गरेका काम, प्राथमिकता, भावी योजनासहितका विषय समेटिएको प्रतिवेदन पार्टीका प्रदेश इञ्चार्ज पद्मा अर्याल र पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई बुझाएका थिए ।

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

प्रतिक्रिया