एन्फा महिला लिगको उपाधि एपिएफलाई

काठमाडौं - एन्फा महिला लिगको उपाधि एपिएफ क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई४–० ले पराजित गर्दै एपिएफले लिगको उपाधि जितेको हो । एपिएफको जितमा सबिता राना मगरले २, र सुरु लिम्बु तथा अनु लामाले समान १–१ गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको खेलको दोस्रो हाफको ६४औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लियो ।
त्यसको ६ मिनेटपछि नै सुरु लिम्वुले अग्रता दोब्बर बनाइन् । ८४औं मिनेटमा सविताले तेस्रो गोल गरिन् । इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपिएफको ४–० को जित पक्का गरिन् ।
अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफले पहिलो चरणको लिगमा ९ खेलमध्ये ८ मा जित र १ बराबरी गर्न सफल भयो । उपाधिसँगै एपिएफले नगद १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया