केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि

काठमाडौं - केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनमा हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल संघद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधि विजेता टोलीले रु १५ लाख ११ हजार १११ पाउनेछ भने उपविजेताले रु पाँच लाख पाउनेछ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही रु ५० हजार पाउने छन् । प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले रु १५ हजार पाउनेछ । त्यस्तै हरेक खेलको विजेता टोलीले रु २५ हजार पाउने छन् । उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोमा हुनेछन् ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया