बागमती प्रदेशसभाको बैठक आव्हान

मकवानपुर- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक यही माघ १८ गते बिहान ११ बजे बस्ने गरी आव्हान गरेका छन् ।
यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते बस्ने गरी हिउँदे अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णयअनुसार प्रदेश प्रमुख देवकोटाले बैठक आव्हान गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
प्रदेश प्रमुखले बैठक आव्हान गरेको सूचनाको पत्र प्रदेशसभा सचिवालयमा आजै अपरान्हमा दर्ता गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिसबमोजिम गत असोज १० गतेबाट वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया