वर्तमान सरकारबाट जनताले कुनै आशा गर्न सक्दैनन् - अध्यक्ष नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारबाट जनताले कुनै आशा गर्न नसकेको बताएका छन् ।
समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सरकारले काम भन्दा कुरा धेरै गर्ने गरेको भन्दै सरकारबाट जनता निराश भएको बताएका हुन् । उनले अब जनताले खोजेको विकल्प दिन सक्नुपर्नेमा जोड दिए ।
समाजवादको लक्ष्य हासिल गर्दै समाजलाई रुपान्तरण गर्न समाजवादी मोर्चा एक भएर अघि बढ्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले देशमा बसेर निराश हुनुपर्ने अवस्थालाई परिवर्तन गर्न जनताको साथ चाहिने धारणा राखे ।
उनले नेपालमा समाजवादको जित सम्भव रहेको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया