सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं - नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
निरन्तर तीन दिनसम्म कारोबार घटेको बजार साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको हो ।
सोमबार १०.६१ अंकले घटेको बजार मंगलबार २४.५० अंकले बढेको हो । जसअनुसार आज २६५७.७७ विन्दुमा पुगेर रोकिएको छ ।
आज १ करोड ९६ लाख कित्ता शेयर खरिद विक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १७७ कम्पनीको शेयर बढेको छ भने ६० कम्पनीको शेयर घटेको छ । साथै, ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार आठ अर्ब ९२ करोडको शेयर कारोबार भएकोमा आज ९ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया