साउदी क्लब अल हिलाल छाडेर हिँडे नेयमार

काठमाडौं - ब्राजिलियन स्टार नेयमारले साउदी प्रो क्लब अल हिलालसँगको सम्झौता रद्द गरेका छन् ।
क्लब र खेलाडीबीच सोमबार राति आपसी समझदारीमा सम्झौता रद्द गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका ३२ वर्षीय नेयमार घुँडाको समस्या कारण अक्टोबर २०२३ देखि लगातार मैदानबाट बाहिर रहँदै आएका छन् । ‘क्लब र खेलाडीबीचको आपसी समझदारीमा सम्झौता रद्ध गरिएको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दुई वर्ष अल हिलाल रहँदा नेयमारले मात्र ७ खेले खेल्न सकेका थिए । उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ९० मिलियन युरोमा साउदी अरेबिया पुगेका थिए ।
उनले ब्राजिलबाट हालसम्म ७९ अन्तराष्ट्रिय गोल गरिसकेका छन् । उनी अब बाल्यकालको क्लब सान्तोष फर्कने अनुमान गरिएको छ । सन् २०१३ पछि बाल्यकालको क्लब सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका थिए । सन् २०१७ मा २२२ मिलियन युरोपमा पिएसजी पुगेका उनी साउदी क्लब छाडे पछि कता जाने हो ? अहिलेसम्म केही खुलाइएको छैन ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया