कार्यब्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादीबीच नोंकझोक

काठमाडौं - सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था बैठकमा प्रतिपक्षी माओवादीले कांग्रेस प्रति आक्रामक भएको हो ।
‘अब अध्यादेशबाट नै सरकार चलाउने हो भनेर ठूला दलका प्रमुख सचेतकले भने पछि मैले आपत्ति जनाए’ माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘त्यसपछि मैले प्रतिप्रश्न गरे, यस अघि संसद विघटन भएको हो, ६ वटा अध्यादेशबाट ल्याएर सरकार चलाउँछु भने पछि मैले आपत्ति जनाए ।’ उनका अनुसार अध्यादेशका विषयवस्तु महत्वपूर्ण भएकाले माघ १८ गते देखी सुरू हुने संसद बैठकमा प्रश्न उठाउने पनि उनले जनाए ।
उनका अनुसार खास गरेर अध्यादेश मध्य पनि आर्थिक कार्यविधि र उत्तरदायित्व विधेयक संसदमा छलफलको क्रममा रहेको बेला सोही विधेयकलाई पनि अध्यादेशमार्फत ल्याउँदा नियम अनुसार, प्रचलन अनुसार, संविधान अनुसार नमिलेको तर्क पार्टीले राखेको उनले जनाए ।
सरकारले हालै ल्याएको ६ वटा अध्यादेशका बारेमा गत माघ ४ गते प्रतिपक्षमा रहेका ७ दलले संयुक्त रूपमा धारणा राखेको उल्लेख गर्दै माघ १८ गते देखी सुरू हुने बैठकमा पनि प्रश्न गरिने तयारी भएको बैठक पछि उनले जनाएका छन् ।

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री …

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेटबारे छलफल हुने

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

प्रतिक्रिया