वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक करोड बढी ठगी, चार जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ परेका छन् ।
सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै रु २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर दुई जनाबाट रु तीन लाख, विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा रु ९७ लाख ५४ हजार र पौडेलले कुवेत पठाइदिन्छु भन्दै रु एक लाख ६० हजार ठगेका थिए ।
अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
अनलाइन जुवा खेलाएको अभियोगमा दुई जना पक्राउ
यसैबीच अनलाइन जुवा खेलाएको अभियोगमा रामेछाप खाँडादेवी गाँउपालिका–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका छन् ।
समाचारकक्षका अनुसार उनीहरूले हालसम्म रु दुई करोड ४१ हजार ६ सय ३६ बराबरको कारोबार गरेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै प्रहरीले उनीहरूबाट नगद रु ९० हजार, चार थान मोबाइल सेट, सिपियु एक थान कम्प्यूटर,५९ वटा सिमकार्ड, विभिन्न ब्याङका २७ थान एटिएम कार्ड र सात थान चेकबुक बरामद गरेको छ । उनीहरूलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौँ चलान गरिएको छ ।

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

प्रतिक्रिया