लक्ष्मी सनराइज बैंकको अगुवाईमा बैंक तथा वितीय संस्थाहरु र रेमिट हाइड्रोबिच घुन्सा खोला जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

लक्ष्मी सनराइज बैंक लि.(LSL)को अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रो लि. बिच सो कम्पनीले ताप्लेजुङ्ग जिल्ला स्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मे.वा. क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।
सो आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रूपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्नेछ ।
घुन्सा खोला जलविद्युत आयोजनाले २०७९ काे साउन ८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै २०८१ काे वैशाख २१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवर्धकको रुपमा नेपाल विद्युत प्राधिकरण,हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र विद्युत उत्पादन कम्पनी लि को संयुक्त लगानी ५१ प्रतिशत हुनेछ ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तियकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवर्धकहरुबाट लगानी रहने छ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ५ अर्ब रहेको छ भने सहवित्तियकरणमा सहभागी अन्य बैंक तथा वित्तिय संस्थाहरु मध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि.को ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ ।
सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम – नेपालको पानी जनताको लगानी जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

आजका लागि विदेशी मुद्राको विनिमय दर

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

कुमारी बैंकका ग्राहकले भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट पाउने

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया