सरकारका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा - रास्वपा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान सरकारका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय वनस्थलीमा सोमबार बसेको रास्वपा सचिवालय बैठकले सरकारको असक्षमताका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था सिर्जना भएको र त्यसको सत्ता साझेदार दलले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको हो ।
बिगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्य अनुरुप कुनै पनि नजिता नदेखिएको अवस्थामा संसद अघि हतास मनस्थितिमा काम देखाउन सरकारले अध्यादेश ल्याएको रास्वपाको ठहर छ ।
बैठकले अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपा संसदहरूले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको रास्वपा कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिए ।
बैठकले केन्द्रीय सचिवालय सदस्यको नेतृत्वमा आगामी फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण सम्वाद गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले प्रदेश समितिलाई प्रदेश तहमा तीन सदस्यीय कार्यदल बनाइ सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपामा आबद्ध गर्न गराउन सुझाव सहितको प्रतिवेदन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया