राष्ट्रिय मु्क्ति मोर्चाले बनायो वार्ताका लागि कार्यदल

काठमाडौं - राजेन्द्र महत्तोको पार्टी राष्ट्रिय मु्क्ति मोर्चा नेपालले वार्ता तथा संवादको लागि कार्यदल गठन गरेको छ । मोर्चाले सोमबार एक विज्ञप्ति जारी गर्दै राम नरेश रायको संयोजकत्वमा कार्यदल गठन गरेको हो । सदस्यहरूमा सुमन सायमी, केशव झा, सन्तोष कुमार मेहता, अनिल कुमार महासेठ, सिएन थारु र जुनतारा पुन मगर रहेका छन् ।
'अब हिमाल, पहाड, तराई-मधेसका सम्पूर्ण उत्पीडित समुदायहरू एकताबद्ध भई बहुल राष्ट्रिय राज्य नेपाल निर्माणकालागि, स्वदेशीय सभ्यता र संस्कृति पुन:स्थापनकालागी तथा आर्थिक क्रान्तिका लागि राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य भएको छ । साथै, परिणाममुखि संघर्षको निमित्त मौजुदा संघर्षशील राजनीतिक शक्तिहरु विच संवाद, सहकार्य, कार्यगत एकता तथा एकीकरण गरी बृहत शक्ति निर्माण गर्नु आजको आवश्यकता रहेको राष्ट्रिय मुक्ति पार्टीले जारी गरेको,' विज्ञप्तिमा भनिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया