अमेरिकाबाट सुरु भयो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसन

न्यूयोर्क सबैभन्दा धेरै पुरस्कार राशी भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शोहरू मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ । संसारका ५ महादेशहरूमा पर्ने १२ देशका १४ शहरहरूमा तय गरिएका यी अडिसनहरूको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ ।
अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरू सम्मिलित एक भव्य समारोहका बीच आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए । विश्वभर छरिएर रहेका नेपाली कलाकारहरूबीच प्रतिष्पर्धा गराइने यी दुबै शोहरूका विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन् ।
शुभारम्भका अवसरमा आयोजित समारोहलाई संबोधन गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनु पर्ने बताए । उनले नेपाली जातिको अमूल्य संस्कृतिले नै आफूहरूलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्वस्तरीय दुई शो हरू सुरु गरिएको बताए ।
नेपाली जातिको संस्कृतिलाई गीत, संगीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपाली जातिको एकतालाई संसारभर मजवुत पार्ने र जहाँसुकै बसे पनि नेपाली जातिलाई नेपाल देशसँग जोड्ने उद्देश्यले गैरनाफामुलक संस्था फाउण्डेसनले यी शोहरू आयोजना गर्दै आएको उनले जानकारी दिए ।
अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लण्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हंगकंगमा फेब्रुअरी १५ र १६ मा हुंदै छ भने अष्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्याण्डको बैकक, युएईको दुवाईमा फेब्रुअरी २२ र २३ मा हुने आयोजकले जनाएको छ । त्यसैगरी कतारको दोहामा फेब्रुअरी २१ मा र भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुने छन् ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया