जातीय विभेद गर्नेलाई कारबाही गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र
सुर्खेत : जातीय विभेदलाई प्रश्रय दिने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै दबाब स्वरुप कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेशले मुख्यमन्त्री शाहीलाई बिहीबार ज्ञापनपत्र बुझाएको हो ।
कलाकार तथा पत्रकार रुपा सुनारलाई जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई प्रहरी हिराशतबाट छुटाएर आफ्नै गाडीमा राखेर घर पुर्याउने मन्त्री श्रेष्ठको देशभर चर्को आलोचना भइरहेको छ ।
सोही विषयमा देशभर आन्दोलन चर्किरहेका बेला कर्णाली प्रदेशको दलित मुक्ति अभियानले मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएर जातीय विभेद अन्त्य गर्न ध्यानाकर्षण गराइएको अभियानका सचिव रमेश परियारले जानकारी दिए ।
बिहीबार मात्रै जुम्लामा पनि दलित युवामाथि वडाध्यक्षले जातीय विभेद गरेको भन्दै अभियान्ताले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । जातीय विभेदका घटनाको छानबिन, दोषीलाई कारबाही र पीडित दलित समूदायलाई न्याय दिन मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको अभियानका सचिव परियारले बताए ।

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

प्रतिक्रिया