सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

विषय प्रवेश नै नगरी सकियो कार्यदल बैठक

भोलिको बैठकमा सहमति जुट्छ : नेम्वाङ

काठमाडौँ : सत्तारुढ दल एमाले कार्यदल बैठक विषय प्रवेश नै नगरी सिकएको छ । दिनभर साँझ सहमति जुट्ने प्रचार गरिए पनि बैठक विषय प्रवेश नै नगरी सकिएको हो । कार्यदल सदस्य घनश्याम भुसालले अहिले बसेको बैठक विषय प्रवेश नै नगरी भोलि बिहान बस्‍नेगरी सकिएको जानकारी दिए । 

'कार्यदलमा कुनै प्रगति भएको छैन । १० दिन अघि अनौपचारिक रूपमा तयार पारिएको मस्यौदा कार्यदल बैठक मै प्रवेश गरेको छैन,' भुसालले बैठकपछि भने । उनले १० दिनपछि कुनै ठोस निर्णय गर्न नसकेको बताए ।  

साँझ बसेको बैठकमा संस्थापनतर्फका कार्यदल सदस्य विष्णु पौडेल उपस्थित भएनन् । मन्त्रिपरिषद् बैठक बसेकाले उनी उपस्थित हुन् नसकेको भन्दै भोलि बिहान साढे ११ बजेसम्म बैठक स्थगित गरिएको हो । 

संस्थापन पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले भोलि बस्‍ने बैठकमा सहमति जुट्ने बताए । ‘भोलि साढे ११ बजे बस्‍ने बैठकमा सहमतिको टुंगो लाग्छ भन्नेमा आशावादी छौं,’ उनले भने,  ‘‍हामी विषयबस्तुलाई निष्कर्षमा पुर्‍याउने गरि छलफल गरिरहेका छौँ । सहमति नजिक छौँ । सहमतिको समाचार छिटै सुन्न पाउनुहुन्छ ।’

बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ता पनि विनानिष्कर्ष सकिएको थियो । प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान, विधि अनुरुप संस्थागत निर्णयका आधारमा नचली एकलौटी चलेको भन्दै विरोध गर्दै आइरहेका छन् ।