रसुवामा निःशुल्क स्वास्थ्य शिविर, १२ जनाको पाठेघरमा समस्या

रसुवा - स्थानीय महिलाको स्वास्थ्यावस्थालाई लक्षित गरी उत्तरी रसुवाको स्याफ्रुबेँसीमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ ।
स्थानीय लाङ्टाङ लिरूङ अस्पतालमार्फत गरिएको पाठेघरसम्बन्धी ‘भिआइए’ परीक्षणबाट १२ जनामा ‘पोजेटिभ’ देखिएको सञ्चालक डा जीवन तामाङले जानकारी दिए ।
परीक्षणका क्रममा पाठेघरमा समस्या देखिएका बिरामीलाई विशेषज्ञ चिकित्सकको सम्पर्कमा राखी आवश्यक परामर्श दिने काम सुरु भएको अस्पतालले जनाएको छ । अब स्थानीयस्तरमा परामर्शसहित बिरामीको उपचार व्यवस्था गरिने र जिल्लामा उपचार सम्भव नहुने देखिए जोखिमको अवस्था हेरी काठमाडौँसहित अन्यत्रका विशष्टिकृत अस्पतालमा पठाइने नीति रहेको अस्पतालले स्पष्ट गरेको छ ।
यसअघि जिल्लामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा छ जना महिलाको पाठेघरको मुखमा क्यान्सरको लक्षण देखिएपछि स्त्रीरोग विषेशज्ञ डा पुनम लामाको नेतृत्वमा उपचार व्यवस्था मिलाइको अस्पतालले जनाएको छ ।
सञ्चालक डा तामाङका अनुसार स्थानीय जनतालाई लक्षित गरी निजी क्षेत्रबाट खोलिएको सो अस्पतालले हालसम्म जिल्लाको एक हजार पाँच सयभन्दा बढी बिरामीको स्वास्थ्योपचार गरिसकेको छ ।
विशेषगरी ग्रामीण भेगका महिलाले आफूलाई परेको समस्या खुलस्त रूपमा नभन्ने र लाज मानेर अस्पतालसमेत नजाने गरेका सन्दर्भमा महिला चिकित्सकबाटै आवश्यक परामर्शसहित स्वास्थ्य सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।
यसैगरी कुनै पनि किसिमको रोग लागेमा वा लाग्ने लक्षणको संकेत देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा यथासक्य छिटो सम्पर्क गर्न तथा सरसफाइलाई विशेष ध्यान दिन अस्पतालले स्थानीयवासीसँग अनुरोध गर्दै आएको छ ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया