गणतन्त्र आएपनि जनताले त्यसको महसुस गर्न सकेका छैनन् - विप्लव

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको गणतन्त्रलाई जनताको गणतन्त्रमा रुपान्तरण गर्ने बाटो तर्फ अघि बढेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण कार्यक्रममा विप्लवले मुलुकमा गणतन्त्र आएपनि जनताले त्यसको महसुस गर्न नसकेको भन्दै जनताको गणतन्त्रमा रूपान्तरण गर्ने बाटो तर्फ अघि बढेको बताएका हुन् ।
नयाँ पुस्तालाई साथमा लिएर नेपालमा नै बसेर आफैं ताकतमा राष्ट्र निर्माण गर्ने योजना रहेको उनले बताए । विप्लवले पार्टीले कृषिमा क्रान्ति गर्दै अहिले नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या नहुने अवस्था बनाएको उल्लेख गरे ।
तीन वर्षमा पार्टीलाई खानका लागि चन्दा माग्नु पर्ने ठाउँबाट मुक्त गर्ने अठोटका साथ अघि बढेको उनले बताए ।
विप्लवले सोमबार बूढानीलकण्ठमा सी व्यापार केन्द्र खोल्न लागिएको जानकारी दिए । नेपालसँग भएका स्रोत साधनको प्रचुरमात्रामा सदुपयोग गर्न सके कुनै देशसँग सहयोग माग्न नपर्ने उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया