केवलकार विवाद: अनिश्चितकालीन यातायात बन्द आव्हान

काठमाडौं - मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्द आव्हान गरिएको छ । फुङलिङ नगरपालिका- ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका विभिन्न संघ संस्थाले आइतबार एक विज्ञप्ति जारी गर्दै माघ १५ बाट अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका हुन् ।
सशस्त्र प्रहरीले मुक्कुमलुङ संरक्षणकारी योद्धाहरूमाथि २०८१ माघ १२ गते साँझ खाना खाइरहेको अवस्थामा बर्बर दमन गर्दै निर्मम गोली चलाएको र कुटपिट गरेको उनीहरूको आरोप छ ।
‘कुटपिट गरी थुप्रैलाई घाइते बनाएको छ । गोली लागेर घाइते हुनेहरू याम बहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा, मंगल लावती रहेका छन् । लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ताप्लेजुङ प्रहरी हिरासतमा राखेको छ । कतिपय घाइतेहरू सम्पर्कमा आउन सकेका छैनन्’, विज्ञप्तिमा भनिएको छ ।
दलाल माफिया पुँजीपती चन्द्र ढकालको निजि सिडिओ र डिएसपीको रूपमा मात्रै भुमिका निर्वाह गर्दै मुक्कुमलुङ प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने उनीहरूको माग छ ।
विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपुर्ण रूपमा रहेका मुक्कुमलुङ प्रेमीहरूमाथी गोली प्रहार गरेर राज्य पक्षले अक्षम्य गल्ती गरेको छ । दमन र ज्यादतीले पराकाष्ठा नाघेको छ । यस कार्यप्रती घोर आपत्ति र भत्सर्ना गर्दछौं ।’

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

प्रतिक्रिया