केवलकारको विषयमा झडप हुँदा गोली लागेका तीनजनालाई काठमाडौँ ल्याइदैँ

काठमाडौँ- ताप्लेजुङमा प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई विराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौँ ल्याउने तयारी गरिएको छ । फुङलिङ नगरपालिका- ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा शनिबार साँझ भएको झडपमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए।
घाइतेमध्ये गम्भीर ३ जनाको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता विवेक बस्नेतले इकागजलाई जानकारी दिए । उनका अनुसार ४ जनामध्ये एकजना भने डिस्चार्ज भएका भएका छन्।
प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् । यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो ।
उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो । मंगल लावतीको अवस्था सामान्य रहेकाले डिस्चार्ज भएका हुन् ।
झडपमा परेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका २० जना घाइते भएका तर अवस्था सामान्य रहेको प्रहरी निरिक्षक बस्नेतले बताए । मुकुम्लुङ बचाउ संघर्ष समितिले केबलकार निर्माणको विरोधमा आजदेखि आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई रोक्न भन्दै हिजो नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो ।

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

तीनकुनेमा तीन वटा सवारीसाधन जुध्यो : एक जनाको मृत्यु, तीन घाइते

प्रतिक्रिया