संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ

काठमाडौं- संङघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
आजै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ । राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा छलफल गर्नका लागि बिहान ११ः३० बजेवाट सुरू हुने गरी बैठक बोलाइएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया