गण्डकी प्रदेश स्थापना दिवस माघ २२ मा

गण्डकी - गण्डकी प्रदेश स्थापना दिवस अबदेखि माघ २२ गते मनाउने सर्वपक्षीय निर्णय भएको छ । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
यसअघि प्रदेशसभा र प्रदेश सरकारले छुट्टाछुट्टै दिवस मनाउँदै आएको थिए । प्रदेशसभाले माघ २२ मा प्रदेश स्थापना दिवस र फागनु ४ मा प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउने गरेको थियो ।
यसैगरी, प्रकृतिका दुई कार्यक्रम भइरहेकामा अबदेखि प्रदेशसभा स्थापना भएको दिन माघ २२ गते प्रदेश स्थापना दिवसका रुपमा मनाउने निर्णय गरिएको हो । मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रमुखलगायत सरोकार भएका पक्षको संयुक्त बैठकले उक्त निर्णय गरेको प्रेस संयोजक सापकोटाले बताए ।

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया