वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा

काठमाडौं - वैदेशिक रोजगारीमा रहेका नागरिकलाई लक्षित गरी आबुधावीस्थित नेपाली राजदूतावासले विशेष काउन्टर स्थापना गरी राहदानी नवीकरण सेवा सुरु गरेको छ । राजदूतावासमा राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको सङ्ख्या दिनानुदिन अत्यधिक बढ्दै गएकाले उक्त काउन्टर स्थापना गरिएको जनाइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको प्रवेशाज्ञाको अवधि समाप्त भइसकेका, राहदानी हराएका र राहदानीको म्याद सकिन लागेका तथा विभिन्न कारणले समस्यामा परी राहदानी नवीकरण गर्नुपर्ने अवस्था भएकालाई उक्त सेवाले राहत दिएको जनाइएको छ ।
नेपाली नागरिकका लागि विशेष प्राथमिकता दिई सञ्चालन गरिएको आजको शिविरमा पाँच सय ४८ जनाको राहदानी नवीकरण गरेको छ । राहदानी नवीकरणका लागि विशेष काउन्टहरु सञ्चालन गर्ने कार्यमा गैरआवासीय नेपाली संघ, युएईले स्वयंसेवक उपलब्ध गराई आवश्यक सहयोग प्रदान गरेको जनाइएको छ ।
राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि पनि सार्वजनिक बिदाका दिनहरूमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविरहरू सञ्चालन गर्दै आएको र भविष्यमा पनि नेपाली नागरिकको हितलाई ध्यानमा राखी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी

डेडिकेटेड र ट्रङ्कलाइन विवाद छिनोफानो गर्ने जिम्मेवारी आयोगको हो : मन्त्री खड्का

‘अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय’ : उद्योगम…

कार्यान्वयन योग्य योजनाको माग

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षतिः सभापति द…

रेशम चौधरीलाई नियत राखेर पक्राउ गरिएको होइन, कर्मचारीले बदमासी गरेका हुन्ः …

राजसंस्था र हिन्दुराष्ट्रको स्थापना गर्न अनिश्चितकालीन जनआन्दोलन घोषणा

प्रतिक्रिया