रानीखेत रोगबाट मरे ४ हजार चल्ला/कुखुरा

दैलेख : नौमुले गाउँपालिकामा रानीखेत रोगका कारण चार हजारभन्दा बढी कुखुरा मरेका छन् । गाउँपाललिकाको वडा नं १, २, ३, ४, ५, ६ मा चार हजार कुखुरा मरेको र अरु पनि मर्न थालेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणबाट रानीखेत रोग प्रमाणित भएको हो ।
स्थानीयवासीले मिहिनेत गरेर पालेका कुखुरा धमाधम मर्न थालेपछि नौमुले गाउँपालिका पशु सेवा शाखामा कार्यरत शाखा प्रमख खगेन्द्र न्याउपानेले बताए । उनले ज्वाला भेरी कर्णाली पञ्चकोशी एग्रोफरेस्टी प्रालि लिमिटेडले स्थानीयवासीलाई झुक्काएर गाउँपालिकासँग सम्र्पकै नगरी अवैधानिक ढङ्गले रोगी कुखुरा बेचिएकाले समस्या आएको बताए । अहिले स्थानीय कुखुरालगायत अन्य पशुपक्षी मरेका छन् ।
पशु सेवा कार्यालय तथा पशु अस्पताल दैलेखका निमिक्त कार्यालय प्रमुख भीमबहादुर विष्टले रानीखेत विषाणु रोग भएकाले बाहिरबाट रोग लागेका कुखुरा ल्याएर स्थानीयलाई वितरण गरिएका कारण रोग फैलिएको बताए । उनले अब परीक्षणमा ढिलाई गर्नुहुँदैन, रोग फैलिएको क्षेत्रबाट कुनै पनि पशुपक्षी अन्यत्र ओसारपसार नगर्ने र बिरामी नभएका कुखुरालाई रोकथामको लागी खोप लगाएपछि मात्र रानीखेत नियन्त्रणमा आउने बताए । नौमुले गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले कुखुरा मरेका भन्ने खबर आएकाले वितरण गर्ने कम्पनी तथा व्यक्तिलाई छानविन गरी कारवाही गरिने बताए ।

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

प्रतिक्रिया