‘अर्थतन्त्रको विकासमा सबै राजनीतिक दल एक हुनु जरुरी’

कास्की - प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले राजनीति सङ्लो हुन सके दश वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन् । तनहुँ सम्पर्क समाज पोखराको आठौँ साधारणसभा तथा अधिवेशनको आज उद्घाटन गर्दै उनले राजनीतिक दलहरू सुशासन र विकासको अभियान लिएर अगाडि बढेमा मात्रै समृद्धि सम्भव हुने बताए ।
नेपाली जनताले विकास र सुशासन चाहेको बताउँदै उनले राजनीतिक दलका अधिकांश नेताले राजनीतिलाई पेसा बनाएकै कारण विकासले गति लिन नसकेको दाबी गरे । कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थतन्त्रको विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याए ।
गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिबहादुर चुमानले मुलुकमा समृद्धि ल्याउनका लागि दलहरु मिल्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष श्रीकान्त खतिवडाले केन्द्र सरकार ठूला आयोजनामा केन्द्रित हुन जरुरी छ भने ।
त्यस अवसरमा सामाजिक एवं राजनीतिक व्यक्तित्व नीलकण्ठ शर्मालाई तनहुँ रत्नबाट सम्मानित गरिएको थियो । ८० वर्षीय शर्मा नेपाली कांग्रेसका पुराना नेतासमेत हुन् । प्राध्यापक अम्विका भट्टराईले शर्माको व्यक्तित्वबारे चर्चा गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया