यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन - उपाध्यक्ष श्रेष्ठ

ललितपुर - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको आज आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले “पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो”, भने ।
उनले समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु हो भन्दै परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट गरे । “विदेशी भूमिका श्रम गर्न गएका ३० लाख नेपालीलाई हामीले फर्काउन सकेनौँ भने हाम्रो राजनीतिक उद्देश्य प्राप्त हुन सक्दैन, अब सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रित हुनुपर्छ”, श्रेष्ठले भने ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहाल, ललितपुर जिल्ला अध्यक्ष शिव कट्टेललगायत नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया