एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना छैन : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसँगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
उनले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको उल्लेख गरे । प्रचण्डले माओवादीका धेरै कमी कमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरि अघि बढ्ने उल्लेख गरे । उनले बिचौलियाहरूको सेटिङ् भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रूपमा संख्याको बलमा आफूलाई हटाउने खेल भएको दोहोर्याए । अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि विपक्षीहरू एक भएर सदन बोलाउन दबाब दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ ।
प्रचण्डले अव विपक्षीहरू सामूहिक रूपमा अघि बढ्ने र समाजवादी मोर्चालाई समेत सक्रिय बनाउने धारणा राखे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया