अखिल (क्रान्तिकारी)को आज निर्वाचन, कुन नेताको उम्मेदवार को ?

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
पटक पटक स्थगित हुँदै आएको मतदान आज बिहानबाट सुरू हुन लागेको हो ।
भावी नेतृत्व तथा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । जसअनुसार अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा र उपदेश यादवको उम्मेदवारी कायम रहेको छ ।
अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्यसहित २४३ जनाको शनिवार निर्वाचन चुनिँदैछन् ।
२३ औं सम्मेलनमा नेता नै पिच्छेका उम्मेदवार प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । पार्टीभित्र गुट अन्त्य गर्न लागि परेको बताउँदै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि शक्ति बस्नेतमार्फत अध्यक्षमा सापकोटालाई समर्थन गरेका छन् ।
यसअघि माओवादी अध्यक्ष प्रचण्डले सकेसम्म सापकोटालाई अध्यक्ष बनाएर सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सापकोटा अध्यक्ष र हेमन्त राईलाई महासचिव बनाएर सहमतिको प्रयास खोजिएको थियो, तर त्यो सफल हुन सकेन् ।
माओवादी उपमहासचिव जनार्दन शर्माको साथ पाएका राईलाई भोजपुरकै माओवादी नेता सुदन किरातीको पनि समर्थन छ ।
अध्यक्षमा उम्मेदवारी दिएका सुदिन पौडेललाई माओवादी उपमहासचिव वर्षमान पुनको साथ छ भने अध्यक्षमा उम्मेदवारी दिएका उपदेश यादवलाई माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथ छ ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया