पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

काठमाडौं - पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ ।
वैदेशिक रोजगार विभागले आज पत्रकार सम्मेलनमार्फत चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएको हो ।
विभागका अनुसार गत आवभन्दा यस आवमा पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या १८ हजार दुई सय ३२ जनाले वृद्धि भएको छ । यसैगरी गत आवको तुलनामा एक सय ७५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ ।
यसैगरी गत कात्तिकदेखि वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख उपलब्ध गराउने व्यवस्थासहित काम भइरहेको विभागले जानकारी दिएको छ ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले आगामी केही समयभित्रमा जाहेरी दरखास्त बाहेकका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट प्रवाह गर्ने लक्ष्य लिएको बताए ।
“बिचौलियाका कारण पीडितहरु अझै मर्कामा परेका थिए, अहिले हेर्नुभयो भने यहाँ बिचौलिया नै देखिन छाडेका छन्”, उनले भने, “अधिकांश सेवाहरु अनलाइनबाट सुचारु भएपछि सेवाग्राहीको गुनासो छिटो र सरल रुपमा समाधान हुनेछ र हाम्रो सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौं ।”
उनका अनुसार मन्त्रालयअन्तर्गत सूचना प्रणालीलाई एकीकृत गर्न लागिएको छ । उनले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारको हवाई टिकटमा प्रतिव्यक्ति ७३ हजारले जोगिएको बताए ।
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

असोजमा ५३ हजार बढी नेपाली विदेशिए
जापानले भवन सरसरफाइ तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

ललितपुरमा प्रथम सहकारी रोजगार मेला आयोजना हुने

प्रतिक्रिया