मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्याकेजमा कार्यक्रम ल्याइने

चितवन - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सरकारले ‘प्याकेज’मा कार्यक्रम ल्याउने बताएका छन् ।
टिकौली मध्यवर्ती सामुदायिक वनको आठौँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले समस्या समाधान गर्न विशेष प्याकेज र समस्या समाधानका लागि समिति बनाउने तयारी मन्त्रालयले गरेको बताए ।
उनले भने, “मध्यवर्ती क्षेत्रको समस्या समाधानका लागि कार्यदल बनाएर काम भइरहेको छ ।” वन्यजन्तु विभाग तथा वन ऐनको नियमावली संशोधनका लागि सरकारले काम गरिरहेको उनले बताए । नेपालको वन र पर्यटन एकआपसमा जोडिएको बताउँदै उनले यसमा देखिएका समस्या समाधानका लागि सरकार लागिपरेको बताए । उनले भने, “पर्यटन र वन एकापसमा जोडिएको छ । निकुञ्जसँगको समस्या समाधानका लागि ऐन संशोधनको तयारी हुँदैछ ।”
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्ण खनाल, नेकपा माओवादी नेत्री कञ्चन खनाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त, शून्य चोरीसिकारी अभियानका अध्यक्ष वसन्त राना, वनका अध्यक्ष बुद्धिसेन चौधरीलगायतको सहभागिता रहेको थियो ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया