‘बरुण–रनवीरसँग काम गर्न पाउनु नै सौभाग्य’

सारा अलि खानले वरुण धवन र रनवीर सिंहसँग काम गर्न पाउनु नै भाग्य भएको बताएकी छिन् । ‘कुली नं १’को प्रचारमा रहेकी साराले ‘हिरोको तुलनामा हिरोइनको ‘स्क्रिन टाइम’ किन सधैं कम ? भन्ने प्रश्नको जवाफमा उनले रनवीर र बरुण जस्ता अभिनेतासँग काम गर्दा पर्दामा देखिने समयभन्दा पनि कथा हेर्न जवाफ दिएकी हुन् ।
‘जब तपाईँ रनवीर र बरुण जस्ता अभिनेतासँग काम गर्नुहुन्छ, तपाईँको हैसियत हुन्न कि पर्दामा देखिने समयको तुलना गरौं । म कोएक्टरसँग तुलना गर्नुभन्दा कथा कस्तो छ भन्ने कुरामा संवेदनशील हुन्छु’ साराको जवाफ छ । ‘केदारनाथ’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी साराले त्यसयता ‘सिम्बा’, ‘लभ आजकल’ र ‘कुली नं १’मा अभिनय गरेकी छिन् ।
‘कुली नं १’ आउँदो महिनाको २५तारिखमा क्रिसमसको अवसर पारेर अमेजन प्राइमबाट रिलिज हुँदैछ । साराले फिल्म हलमै रिलिज गर्नलाई बनेको भए पनि अहिलेको समयमा ओटीटीमा रिलिज हुनु सुरक्षित रहेको बताएकी छिन् ।‘गीत हेर्दा मलाई यो फिल्म हलमै लागेको भए भन्ने लाग्छ तर बुढाबुढी र केटाकेटीका लागि हल अझै सुरक्षित छैन । सपरिवार हेर्नलाई अहिले ओटीटी नै उत्तम विकल्प हो,’ साराले भनेकी छिन् ।
केही दिन अघि रिलिज भएको ‘कुली नं १’को ट्रेलरले भने राम्रो प्रतिक्रिया पाएको छैन । सन् १९९५मा रिलिज भएको फिल्ममा गोविन्दा र करिष्मा कपुरको जोडीलाई दर्शकले अत्यधिक रुचाएका थिए । सोही फिल्मका निर्देशक डेविड धवनले रिमेकको पनि निर्देशन गरेका हुन् ।

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

प्रतिक्रिया