अन्तिम खेलमा मलेसियालाइ हराउँदै नेपालको सान्तवना जीत

नेपालले सान्तवना जीत हासिल गरेको छ । आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपको प्ले अफमा घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेर सान्तवना जीत हासिल गरेको हो ।
यस जीतसँगै नेपालले प्रतियोगिताको अन्त्यसमेत गरेको छ । जारी खेलमा मलेसिया भने जितविहिन रहदैँ बाहिरिएको छ। शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले प्रस्तुत गरेको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेर शान्तवना जीत हासिल गरेको हो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको थियो। नेपालले यसअघि बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग पराजित भएर अंक बिहिन हुदैँ आज घरेलु टोली मलेसियासँग मैदानमा उत्रेको थियो ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया