सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन । कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी उनले कामनासमेत गरेका छन ।
प्रधानमन्त्री ओलीले पाल्पा एक ऊर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरुको अर्थ नहुने स्पष्ट पारेका छन ।
प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा एमाले र नेपाली काँग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने स्पष्ट पारेका छन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया