सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

कांग्रेस संसदीय दलको बैठक माघ १३ गते

फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ । सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।