किसानलाई कृषि औजार वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका किसानलाई कृषि औजार वितरण गरेको छ । पचास प्रतिशत अनुदानमा १२ लाख ६२ हजार बराबरका कृषि औजार वितरण गरिएको हो ।
परियोजनाअन्तर्गत गत वर्ष पनि ६२ मिनिटिलर (हाते ट्रयाक्टर) किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजना प्रमुख खेमराज शाहीले जानकारी दिए । कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि गर्न मिनिटिलर वितरण गरिएको हो । छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनिटिलर अनुदानमा वितरण गरिएको प्रमुख शाहीको भनाइ छ ।
जिल्लाका आठवटै स्थानीय तहका कृषि उद्यमी, कृषि समूह र सहकारीलाई ५० प्रतिशत लागत साझेदारीमा मिनिटिलर (हाते ट्रयाक्टर) वितरण गरिएको हो । प्रतिमिनिटिलर (हाते ट्रयाक्टर) ५० प्रतिशत लागत साझेदारीमा वितरण गरिएको हो । किसानले अनुदानमा मिनिटिलर लिने र प्रयोग नगर्ने समस्या रहेकाले अनुमगन गरिने परियोजना कार्यान्वयन एकाइ जुम्लाका सूचना अधिकारी पदम कार्कीले बताए । रासस

किसानलाई चैते धान थन्क्याउने चटारो

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

तनहुँका फाँटका किसानलाई चैते धान थन्क्याउने चटारो

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट

जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै

चैते धानको उचित मूल्यका लागि पहल गरिने

प्रतिक्रिया