कुवामा डुबेर वृद्धाको मृत्यु

गोरखा- कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।
करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ । घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उनले बताए । परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी प्रहरी निरीक्षक शर्माले दिए ।

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया