सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’

मनहरी (हेटौँडा)- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पर्यटकीय हिसाबले महत्व बोकेको ऐतिहासिक स्थललाई प्रवर्द्धन एंव संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

मकवानपुरगढी गाउँपालिका–२ मा आयोजित ऐतिहासिक मकवानपुरगढीको २६२ औँ विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले इतिहासको संरक्षण गर्न सके मात्रै यसको महत्व बढ्दै जाने बताए ।

मकवानपुरगढी नेपाल एकीकरणको कोशेढुङ्गा भएको उल्लेख गर्दै उहाँले पृथ्वीनारायण शाहले रचेको इतिहासबाट हामी नेपालीहरु एउटै मालामा गाँसिएकाले मकवानपुरगढी दरबार र यसको महत्वलाई स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

मुख्यमन्त्री लामाले मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै ऐतिहासिक मकवानपुरगढीको समृद्धिका लागि नीति निर्माण तहबाट ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताए ।

विरताको इतिहास रहेको ऐतिहासिक मकवानपुरगढीमा सेनवंशीय राजाहरुको वंशावलीको चित्रणसँगै गोर्खाली सेनाले विदेशी फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला भएकाले मकवानपुरगढीको संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

उनले मुलुकको ऐतिहासिक धरोहरको रुपमा रहेको मकवानपुरगढी नेपालको एकीकरण अभियानको जड रहेको बताउनुभयो । मुख्यमन्त्री लामाले मकवानपुरगढी नेपाली सेनाको गौरवपूर्ण इतिहाससँग गाँसिएकाले यस स्थानको ऐतिहासिक र पुरातात्विक विषयलाई समेटर संरक्षण गर्दै अगाडि बढ्न सके पर्यापर्यटन विकासमा टेवा पुग्ने बताए ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनलगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो । -रासस

 

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे