सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

'सरकारको उपहार, महँगी र भ्रष्‍टाचार'

काठमाडौँ : नेत्र विक्रम चन्‍द नेतृत्वको नेकपा निकट जनवर्गीय संगठन र मोर्चाले पेट्रोलियम पदार्थको मुल्यवृद्धि र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा प्रदर्शन गरेका छन् ।  बिहीबार माइतिघरमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले पटक पटक भएको मुल्यवृद्धि खारेज गर, कालाबजारी नियन्त्रण गर, हत्या हिंसामा संलग्नलाई कारबाही गर, सरकारको उपहार महँगी र भ्रष्‍टाचार लगाएतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

उनीहरूले मुलुकमा महिला हिंसा, हत्या, बलात्कारका घटना नियन्त्रणमा संलग्नलाई कानुनी दायरामा ल्याउन ढिलाइ भएको भन्दै सरकारविरोधी नारा लगाएका थिए । त्यस्तै जनतालाई महँगी उपहार दिएर सरकार व्यापारी बनेको आरोप समेत लगाएका छन् ।

नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले सत्ताको चलखेलमा जनताले दुख बाहेक केही नपाएको भन्दै जनताको पक्षमा लड्नुपर्ने बेला आएको बताए । ढकालले अहिलेको संसदीय व्यवस्था नै खराब भएको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने उल्लेख गरे । प्रदर्शनमा सहभागीहरूले जनताको सवालमा सदैव खबरदारी गर्ने बताएका छन् । 

तस्‍बिर सौजन्‍य: मुक्‍ति गैरे