भ्रष्टाचार र महँगीविरुद्ध संयुक्त विद्यार्थी संगठनको सिटी जुलुस

काठमाडौँ : विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनले भ्रष्टाचार र महँगीविरुद्ध सिटी जुलुस प्रदर्शन गरेको छ । संगठनले काठमाडौंको माइतिघरलगाएत मुलुकका ७७ वटै जिल्लामा बिहीबार सिटीजुलुस प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतीघरमा भेला भएका विद्यार्थी संगठन सिटी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए । उनीहरूले सरकारले असंवैधानिक काम गर्दै आएको भ्रष्टाचारलाई प्रश्रय दिएको, मूल्यबृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकार बिरोधी नारा लगाएका थिए ।
प्रतिगमनविरुद्ध सिटी जुलुसको व्यानरमा प्रदर्शन गर्दै उनीहरूले महँगी, भ्रष्टाचार र कुशासन बन्द गर, पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर लगाएका नारा लगाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा विद्यार्थीहरूले सरकारले प्रतिगमन नसच्चाएसम्म आन्दोलन जारी रहने बताएका थिए । अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले महँगी, भ्रष्टाचार र कुशासनका कारण जनताले दुख पाउनु परेको भन्दै आन्दोलन जारी रहने बताए ।
यस्तै नेपाल विद्यार्थी संघ काठमाडौंले त्रिचन्द्र क्याम्पस अगाडि सडकमा प्रधानमन्त्रीविरुद्ध सिटी जुलुस प्रदर्शन गरेको छ । विपक्षी गठबन्धनसम्वद्ध ५ विद्यार्थी संगठनले प्रधानमन्त्री कदमविरुद्ध आह्वान गरेको कार्यक्रम अन्तर्गत नेविसंघ काठमाडौं र त्रिचन्द्र कलेजको संयुक्त आयोजनामा सिटी जुलुस प्रदर्शन गरिएको हो । उनीहरूले घण्टाघरको सडक नै अवरुद्ध पारेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनपछि नेविसंघका महामन्त्री मनोज वैद्यले सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थको मूल्यबृद्धि लगाएतको विरोधमा प्रदर्शन गरिएको जानकारी दिए । उनले प्रतिगमनविरुद्ध नेविसंघ शसक्त भएर लाग्ने जिकिर गरे । प्रतिनिधिसभा विघटनपछि विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनले बिभिन्न चरणमा सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया