भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता

मुम्बई- भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर आएको छ ।
खासमा अहिले उनलाई अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ । कपिल शर्मा मात्र नभई उनका परिवारका सदस्य र सह–कलाकारलाई पनि ज्यान मार्ने धम्की आएको छ ।
यो अचम्मको घटना सार्वजनिक भएपछि मुम्बईको अम्बोली पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ । चाखलाग्दो कुरा के छ भने कपिल अघि अभिनेता राजपाल यादव, कोरियोग्राफर रेमो डिसुजा र कमेडियन सुगन्धा मिश्रालाई पनि यस्तो धम्कीपूर्ण इमेल आएको थियो ।
धम्की दिने इमेल पठाउनेले कपिल शर्मा र उनका आफन्त, परिवारका सदस्य, चिनजान, सहकर्मी, छिमेकीलगायत सबैलाई मार्ने धम्की दिएको छ । यस सम्बन्धमा मुम्बईको अम्बोली पुलिसले धारा ३५१ (३) अन्तर्गत मुद्दा दर्ता गरेको छ।
मुद्दा दर्ता भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । यद्यपी कपिल वा उनको परिवारको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कपिललाई धम्की आएको इमेलको आईपी ठेगाना पाकिस्तानको भएको पनि जानकारी आएको छ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया