उन्नति लघुवित्तको २६ गते साधारण सभा, सेयरधनीको हात खाली हुने

काठमाडौँ- उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यस कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा, होटल सनस्टार इन्टरनेसनल प्रालि, भैरहवामा विहान ११ बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ १४ गतेसम्म कायम सेयरधनीमात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_ZtLuLJ7IUz_utyee3nkqgzf4qzikiwhghlkumcog4wtdoobcxnhzwavt1a1khool372esq6.jpg)
प्रतिक्रिया