तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसदका तीन वटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ११:३० बजे बोलाईएको छ ।
उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सबन्धमा श्रम, सामाजिक तथा रोजगार मन्त्रालयसँग सबन्धित दफाहरूमा छलफल हुनेछ ।
साथै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११:३० बजेबाट सुरू हुने समितिले जनाएको छ ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया