युईएफएले इंगल्यान्डलाई कारबाही गर्ने

काठमाडौँ: युरो २०२० को दोस्रो सेमिफाइनलमा बुधबार राति इंगल्यान्ड र डेनमार्क भिडेका थिए । जसमा इंगल्यान्डले २-१ को जित हासिल गरेको थियो । इंगल्यान्डको जितमा ह्यारी केनले निर्णायक गोल गरेका थिए । उनले आतिरिक्त समयमा पेनाल्टी गोल गरे ।
केनको पेनाल्टी सामना गर्ने डेनिस गोलरक्षक थिए, कास्पर स्माइकल । पेनाल्टी सामना गर्दैगर्दा उनलाई ‘लेजर लाइट’ देखाइएको थियो । यस विषयमा युरोपियन फुटबल संघ (युईएफए)ले इंगल्यान्डलाई कारबाही गर्ने भएको छ । बिहीबार युईएफएले एक विज्ञप्ती जारी गर्दै इंगल्यान्डले कारबाही भोग्ने जानकारी गराएको हो ।
वेम्बली रंगशालामा खेल सुरु हुनु अघि डेनमार्कको राष्ट्रिय गान बजाईदा इंगल्यान्ड समर्थकले होहल्ला गर्ने र पटका पड्काउने कार्य समेत गरेका थिए । यस विषयमा पनि युईएफएले इंगल्यान्डलाई कारबाही गर्ने भएको छ । ‘युईएफएको अनुशासन समितिले आवश्यक निर्णय लिनेछ,’ युईएफएले भनेको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया