यस वर्ष धमाका मचाउने यी हुन् ७ बलिउड फिल्म

मुम्बई- सन् २०२५ भारतीय सिनेमाको लागि विशेष वर्ष हुन गइरहेको छ किनभने यस वर्ष धेरै उत्कृष्ट फिल्महरू रिलिज हुन लागेका छन्, जसले विश्वभरका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएका छ ।
यीमध्ये केही फिल्म सिक्वेल हुन् भने केही नयाँ र अनौठो कथामा आधारित रहेका छन्, जसले कथा कथनको तरिका बदलेर भारतीय चलचित्रको विश्वव्यापी चमकलाई अझ बलियो बनाउने जनाइएको छ। नयाँ वर्ष नजिकिँदै गर्दा यी बहुप्रतिक्षित चलचित्रका बारेमा थाहा पाउनुहोस् ।
कान्तारा–१, एक पौराणिक कथा
कान्ताराको सफलतापछि यसको प्रिक्वेल दर्शकका लागि झनै रोमाञ्चक बन्न लागेको छ । जसमा काल्पनिक र लोककथाको मिश्रण हुनेछ । ऋषभ शेट्टीद्वारा निर्देशित यो फिल्मले उत्कृष्ट दृश्य र भावनात्मक अनुभव दिनेछ। यो फिल्म २ अक्टोबर २०२५ मा सिनेमाघरहरूमा रिलीज हुनेछ र बक्स अफिसमा हिट हुने अपेक्षा गरिएको छ ।
देवा
रोशन एन्ड्रयूज एक शानदार थ्रिलर ‘देवा’ लिएर आउँदैछन््, जसमा शाहिद कपूर एक पुलिस अफिसरको भूमिकामा बोल्ड र विद्रोही शैलीमा देखिएका छन््। यस फिल्ममा पूजा हेगडे प्रमुख महिलाको भूमिकामा छिन् र फिल्मले दर्शकहरूलाई एक गहन सिनेमाई अनुभव दिने जनाइएको छ ।
वार–२
एसराज स्पाइ युनिभर्स अन्तर्गत वारः२ को ठूलो घोषणा गरिएको छ, जसमा ऋतिक रोशन र जुनियर एनटिआरको जोडी देखिनेछ। एक्शनले भरिपूर्ण यो सिक्वेललाई आयन मुखर्जीले निर्देशन गरेका हुन् भने फिल्ममा कियारा आडवाणी पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् । यो फिल्म १४ अगस्ट २०२५ अर्थात् स्वतन्त्रता दिवसमा रिलिज हुनेछ ।
सिकन्दर
सलमान खान २०२५ को ईदमा सिकन्दरसँग रक गर्न तयारी अवस्थामा छन््। ए.आर. मुरुगादासको यो एक्शन–प्याक फिल्ममा रश्मिका मन्डन्ना, शरमन जोशी र सत्यराज पनि महत्त्वपूर्ण भूमिकामा छन््, जसले ठूलो ब्लकबस्टर हुने अनुमान गरिएको छ।
१२० बहादुर
एक्सेल इन्टरटेनमेन्ट र ट्रिगर ह्याप्पी स्टुडियोको फिल्म ‘१२० बहादुर’ २१ नोभेम्बर २०२५ मा रिलिज हुँदैछ । फिल्ममा फरहान अख्तर मुख्य भूमिकामा रहेका छन्् । फिल्मले मेजर शैतान सिंह पीवीसी र १९६२ को रिजांग लाका नायकहरूको अतुलनीय बहादुरीलाई सम्मान गर्दछ।
हाउसफुलः ५
हाउसफुलः५ फेरि एकपटक दर्शकहरूलाई हाँसोले भर्न तयारी अवस्थामा रहेको छ, जसमा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, ज्याकलिन फर्नान्डिसजस्ता स्टारहरू देखिनेछन्। तरुण मनसुखानीको निर्देशनमा बनेको र साजिद नाडियाडवालाको निर्माणमा बनेको यो फिल्म पहिला झै कमेडीको पूर्ण प्याकेज बन्न लागेको हो ।
लाहोर १९४७
गदरः २ को भव्य सफलता पछि सनी देओल आफ्नो अर्को ठूलो फिल्म लाहोर १९४७ को सुटिङमा ब्यस्त रहेका छन् । फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गरेका हुन् भने आमिर खानले आफ्नो प्रोडक्सन कम्पनी आमिर खान प्रोडक्सनले निर्माण गरिरहेको छ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया