१५० किलो तौलकी आमाले थिच्दा १० वर्षको छोराको मृत्यु, ६ वर्ष जेल

न्युयोर्क- अमेरिकाको इन्डियाना राज्यमा एक महिलाले आफ्नो १० वर्षको बच्चालाई थिच्दा ती बालकको मृत्यु भएको छ ।
यस मुद्दामा महिलालाई ६ वर्षको जेल हालै सजाय सुनाइएको छ । ४८ वर्षीया जेनिफर ली विल्सनको तौल १५४ किलोभन्दा बढी छ ।
उनी आफ्नो छोरा डकोटा लेवी स्टीभेन्समाथि बसेकी थिइन्, जसको परिणामस्वरूप ती बालकको मृत्यु भयो । बच्चा बदमास थियो र उसलाई शान्त पार्नका लागि जेनिफर ती बालकको पेटमा जम्माजम्मी ५ मिनेटसम्म पल्टिएकी थिइन् । सो भारी सहन नसकेर १० वर्षको छोराको मृत्यु भयो ।
केटाकेटीहरू घरमा खेल्छन् र झगडा गर्नु स्वाभाविक भएपनि ती महिलाको १० वर्षको छोरा स्टिभेन्ससँग नमज्जाले रिसाइन् । त्यसपछि उनलाई च्याप्प समातेर उनको शरिरमाथि चढेकी थिइन् । उनले हालै सो लापरबाहीका कारण बालकको अनाहकमा ज्यान गएको स्विकार गरेकी छिन् । सो घटनामा जेनिफर ली विल्सनलाई राज्य सुधार गृहमा राख्ने गरी ६ वर्षको जेल सजाय सुनाइएको छ ।
समाचार अनुसार जेनिफरले पुलिसलाई भनिन् ‘स्टीभन्स भुइँमा सुते र त्यसपछि म उनको पेटमा सुते ।’ उनले अगाडि भनिन्, ‘उनीमाथि म करिब ५ मिनेटसम्म बसेको थिएँ होला, त्यसपछि बच्चा हिँड्न छाड्यो, उसले झूट बोलिरहेको महसुस भयो, तर बच्चा मरणासन्न भइसकेको थियो ।’ जेनिफरका अनुसार उनको उद्देश्य केवल आफ्नो छोरालाई सम्हाल्ने मात्रै थियो ।
सो घटनापछि जब स्थानिय प्रहरीविल्सनको घर पुग्यो, बच्चाको सास फेरिरहेको थिएन् । यससँगै उनले स्टिभेन्सको घाँटी र छातीको तल्लो भागमा चोटको निशान पनि देखेका थिए । यसपछि स्टिभन्सलाई तुरुन्तै अस्पताल लगियो, जहाँ दुई दिनपछि डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए ।
पोस्टमार्टमपछि मृतक स्टीभेन्स ४ फिट १० इन्च अग्लो र उनको तौल ४० केजी मात्र थियो भने भने आमाको जेनिफरको उचाइ ४ फिट ११ इन्च र तौल १५४ किलो थियो । अधिक भार थाम्न नसकेर ती बालकको मृत्यु हुन पुगेको अदालतमा प्रहरीले बताएको थियो ।

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया