चीनमा ‘लाइभ स्ट्रिम’बाट आमा भन्दै २ वर्षमा १ करोड बढी ठगी, १० वर्ष जेल

बेइजिङ- आजभोली मानिसहरू ठगी गर्नका लागि जुनसुकै हदसम्म जान तयार छन् । भावनासँग खेलवाड गर्ने होस् वा सम्बन्धको महत्त्वलाई नष्ट गर्ने होस्, पैसाको लोभमा केही मानिसले सबै कुरा दाउमा लगाउँछन् ।
चीनबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ लाइभ स्ट्रिम गर्ने एक व्यक्तिले पहिले महिलालाई आमा बनाएर अनौठो तरिकाले ठगी गरेको खुलेको छ ।
चीनको सांघाईकी एक ७० वर्षीया महिला अनौठो ठगीको सिकार भएकी छन् । ती महिला अविवाहित थिइन् र उनको आफ्नै कोही थिएन। सन् २०२२ मा उनकी भान्जीलाई थाहा भयो कि उनी लगातार अपरिचित व्यक्तिलाई पैसा हस्तान्तरण गरिरहेकी छिन्। उनले यसबारे सोध्दा निकै चकित पार्ने जानकारी बाहिर आयो ।
उत्तरपश्चिमी चीनको शान्सी प्रान्तका एक पुरुष झि लु वाङले ती महिलालाई आफूले मानिसहरूको समस्या समाधान गर्न, किसानहरूलाई सुस्त बिक्री हुने उत्पादनहरू बेच्न र हराएको मानिसहरूलाई आफ्नो घर फेला पार्न मद्दत गरेको बताए। उनको दयाले गर्दा उनीप्रति आकर्षित भएको महिलाले बताइन् । यी दुई बीच पहिलो पटक सन् २०२१ मा लाइभ स्ट्रिममार्फत कुराकानी सुरु भएको थियो र पछि फोनमा कुरा गर्न थालिएको थियो ।
ठगी गर्ने व्यक्तिले ती बृद्दालाई फोन गरेर महिलाको विश्वास जित्न थाले र आफ्नो छोरा भएको बहाना गरी दिनहुँ कुरा गर्ने गर्दथे । बिस्तारै उसले ऋणमा पैसा लिन थाल्यो र पेटको क्यान्सर भएको बहाना बनायो ।
प्रेमिकालाई गर्भपतन आवश्यक छ र उनको बुबा गम्भीर बिरामी छन भनी भनी निरन्तर पैसा मागिरहयो। ती महिला उनको पासोमा फसिन र निरन्तर पैसा पठाउन थालिन्। यति मात्र होइन, ती महिलाले पुरुषलाई सहयोग गर्न अरुसँग पैसा पनि लिएकी थिइन् ।
लामो समय पछि ती पुरुषमाथि शंका लागेपछि महिलाले प्रहरीमा उजुरी गरिन् । अनुसन्धानमा धेरै चकित पार्ने जानकारी बाहिर आएको छ । उक्त व्यक्तिले सामाजिक सञ्जालमा ४ वटा अकाउन्ट चलाउने र त्यसबाट मानिसलाई ठगी गर्ने गरेको पाइएको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरी दुई वर्षमा महिलालाई झण्डै १ करोड ५ लाख नेपाली रुपैयाँबराबर ठगी गरेको पुष्टी हुन आएको थियो ।
त्यसपछि उक्त व्यक्तिलाई साढे दश वर्षको जेल सजाय र एक लाख युआन जरिवाना गराइएको थियो।

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया