नेपाल फाइनान्सले गत वर्षभन्दा २४२५.१२ प्रतिशतले बढी कमायो नाफा

काठमाडौँ- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो ।
गत वर्ष यसले ८ लाख १२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १२.१५ प्रतिशत र सञ्चालन नाफा ३५०७.७० प्रतिशतले बढेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ ।
हाल यसको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ४८ करोड २१४ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा पनि १०.५२ प्रतिशतबाट थोरै घटेर १०.४६ प्रतिशत भएको छ ।
यता कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसको प्रतिसेयर आम्दानी २२ पैसाबाट बढेर ५ रुपैयाँ ६२ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ०७ पैसा छ ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया