प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो

फाप्ला - बागमती प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेका छन् ।
आज सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशलाई ७ विकेटले हराएर समूह बी को उपविजेताको रूपमा बागमती सुपर ४ मा पुगेको हो । जितका लागि पाएको ४१ रनको लक्ष्य बागमतीले ६ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जोडिन् ।
बलिङमा मधेसका लागि रोजी कडारीले २ विकेट झारिन् । यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको मधेस १५ दशमलव ५ ओभरमा ४० रनमा अलआउट भयो । मधेसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीका लागि प्लेयर अफ द म्याचसमेत भएकी कप्तान कञ्चन श्रेष्ठले ४ विकेट हात पारिन् । यसअघि आजै भएको पहिलो खेलमा कोशी प्रदेशमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब समूह विजेताको रूपमा सुपर ४ मा पुगिसकेको छ ।
समूह बी मा रहेको कोशी र मधेस भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । उता समूह ए बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेता भएर सुपर ४ मा सुरक्षित भइसकेका छन् । माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।
प्रतियोगिताको उपाधि जित्नेले रू पाँच लाख, दोस्रो हुनेले रू तीन लाख, प्लेयर अफ द सिरिजलाई रू ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रू २५÷२५ हजार पुरस्कार दिइनेछ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया