‘ममी’को ट्रेलर सार्वजिनक

काठमाडौं - आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा सिनेमा ‘ममी’को ट्रेलर रिलिज गरिएको छ । सिनेमाका मुख्य कलाकार प्रियंका कार्की सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घटना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले १ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा समेटिएको छ ।
सिनेमाको मंलगबार सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुको बारेमा प्रकाश पार्छ । कालो बिरालोलाई विशेष स्थान दिइएको सिनेमाको यो ट्रेलरले दर्शकमाझ कौतुहलता पैदा गर्ने देखिन्छ । सिनेमामा प्रियंका र सुलक्षणसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
सिनेमाको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनिमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।
सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया