मिडिया विधेयकविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

बुटवल : लुम्बिनी प्रदेश सरकारले अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसको लोकतान्त्रिक मुल्य मान्यतालाई लत्याउने किसिमले मिडिया विधेयक प्रदेश सभामा दर्ता गरेको भन्दै मानव अधिकार तथा समाजले लगातार विरोध गरिरहेको छ । शान्ति समाजले यसै क्रममा आज बुटवलस्थित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना कार्यक्रम राखी प्रदेश सरकारले ल्याउन लागेको मिडिया र संचारकर्मीको घाँटी निमोठ्ने संचारसम्बन्धी कानून तत्काल फिर्ता गर्न र पुनःर्लेखन गर्न माग गरेको छ ।
धर्ना कार्यक्रमलाई संबोधन गर्दै शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले लुम्बिनी प्रदेश सरकारको प्रेस स्वतन्त्रता विरोधी विधेयक नागरिकको स्वतन्त्रता खोस्ने प्रपन्च भएको बताए । प्रदेश सभामा दर्ता गरिएको मिडिया विधेयक नेपाल संविधानको प्रस्तावनाको मर्म र भावनाविपरीत रहेको र सरकार नियन्त्रित लोकतन्त्रको पूर्वअभ्यास भएको सभापति खनालले बताए ।
नागरिकको मुख थुनेर राज्यलाई निरंकुशतातर्फ धकेल्ने सरकारको नियतिप्रति कडा आलोचना गर्दै सरकारलाई पुर्ण प्रेस स्वतन्त्रता प्रतीको प्रतिवद्धता र ईमानदारिता देखाउन समेत उनले आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष रामराज पोख्रेल, शान्ति समाजका केन्द्रिय सदस्य विष्णु प्रसाद भुसाल, जिल्ला सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली लगायतले मिडिया विधेयक खारेजीको माग गरेका थिए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया