राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर

काठमाडौं - राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ ।
निर्वाचन आयोगले सो पार्टीलाई औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए । आयोगबाट दल दर्ताको प्रमाणपत्र पनि लिइ सकिएको छ । उनको पार्टीको चुनाव चिन्ह ‘ग्याँस सिलिन्डर’ तोकिएको छ ।
‘आज मिति २०८१ माघ ८ गते निर्वाचन आयोगद्वारा 'राष्ट्रिय मुक्ति पार्टी नेपाल' नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको छ,’ अध्यक्ष राजेन्द्र महतोले जारी गरेको सूचनामा भनिएको छ, ‘चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ।’
उनका अनुसार दल दर्ता नं २०१ कायम भएको छ। स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धात बमोजिम पार्टी अगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न महतोले अपील पनि गरेका छन् ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी उनले नयाँ अलग्गै पार्टी दर्ता गरेका हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया